काठमाडौं, मंसिर २७
ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ ।
नोराले वकिलमार्फत दायर गरेको निवेदनमा ‘उजुरीकर्ताको आर्थिक, सामाजिक र व्यक्तिगत चरित्र पतन गराउन षड्यन्त्र रचिएको र अभियुक्त नं। १ ले उक्त कारवाही गरेको’ बताएकी छन् । नोराले सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क भने नभएको बताइन् । उनले सुकेशकी श्रीमती लीना मारिया पलमार्फत सुकेशलाई चिनेको बताएकी छन् । नोराले सुकेश चन्द्रशेखरबाट उपहार लिएको पनि अस्वीकार गरेकी छन् । मिडिया ट्रायलका कारण आफ्नो इज्जतमा चोट पुगेको नोराको भनाइ छ ।
उल्लेखनीय कुरा के छ भने ज्याकलिन र नोरा मनी लान्ड्रिङ मुद्दामा ईडीको निशानामा छन् । ईडीले यस प्रकरणको अनुसन्धानका लागि दुवै अभिनेत्रीसँग पटकपटक सोधपुछ गरिसकेको छ ।



