प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जीप दुर्घटनाप्रति दुःख व्यक्त

images
  • 66
    SHARES
  • मंसिर २७, २०७९ मंगलबार
    प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जीप दुर्घटनाप्रति दुःख व्यक्त
    images

    काठमाडौँ, मंसिर २७
    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२—००१च०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।

     
    सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend