इलाम–१ मा पुनः मतदान हुनुपर्ने माग गर्दै झलनाथ खनाल सर्वोच्चमा

images
  • 80
    SHARES
  • मंसिर २७, २०७९ मंगलबार
    इलाम–१ मा पुनः मतदान हुनुपर्ने माग गर्दै झलनाथ खनाल सर्वोच्चमा
    images

    काठमाडौं

    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिएका छन् ।

     

    निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न खनालको तर्फबाट रिट दायर भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

     

    उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् । 

     

    खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend