काठमाडौं, मंसिर २८
समयमा नै निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफुलाई लागेको जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोसँग माग गरेका छन् । आयोगलाई जरिवाना मिनाहाको माग गर्दै उनले निवेदन दिएका छन् ।
आयोगका अनुसार बालेनलाई सात लाख रुपैयाँ जरिवाना लागेको छ । निर्वाचन आयोग ऐनले राजनीतिक दल वा उम्मेदवारले तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ, सोही बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ।
उनले फोहर व्यवस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको भन्दै आयोगमा खर्च मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका हुन्। निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएको आयोगले जनाएको छ।



