एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरुङबीच भेटवार्ता

images
  • 101
    SHARES
  • मंसिर २८, २०७९ बुधबार
    एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरुङबीच भेटवार्ता
    images

    २८ मंसिर, काठमाडौं

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ ।

    मंगलबार आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताए । त्यस अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको उनको भनाइ छ ।

    ‘सरकार गठनको वैधानिक प्रक्रिया सुरु भएको छैन । त्यसकारण यसबीचमा हुने भेटघाट बधाई दिनेमै केन्द्रित हुन्छन्’ उनले अनलाइनखबरसँग भने ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएका हुन् । यसअघि एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend