तनहुँको दुलेगौंडामा ढुंगाले हानेर श्रीमानको हत्या

images
  • 156
    SHARES
  • मंसिर २९, २०७९ बिहीबार
    तनहुँको दुलेगौंडामा ढुंगाले हानेर श्रीमानको हत्या
    images
     
    दुलेगौंडाः तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेका छन् । उनलाई श्रीमती ३६ बर्षीय शुशिला विकले ढुंगाले प्रहार गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले बताए । उनीहरु पोखरा महानगरपालिका-३० शिसुवा घर भइ दुलेगौंडा डेरामा बस्दै आइरहेका छन् ।
     
    'मादक पदार्थ सेवन गरेकी श्रीमतीले घरायसी विवादमा ढुंगा प्रहार गर्दा टाउको चोट लागेको थियो । उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको छ', उनले भने । गएराती साढे ९ बजे घटना घटेको थियो । ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीमानको हत्या गर्ने सुशिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend