काठमाण्डौको मौलिकतालाई पुनर्जीवित गर्नुपर्छ : सोबिता गौतम

images
  • 89
    SHARES
  • मंसिर २९, २०७९ बिहीबार
    काठमाण्डौको मौलिकतालाई पुनर्जीवित गर्नुपर्छ : सोबिता गौतम
    images

    काठमाण्डौ 

    काठमाडौ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोबिता गौतमले काठमाण्डौको मौलिकतालाई पुनर्जीवित गर्नुपर्ने बताउनुभएको छ । 

    बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाण्डौ महानगरले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताउँदै त्यसलाई पुनर्जीवित गर्नुपर्ने बताउनु भयो । यसका निम्ति आफूले सकेको भूमिका निभाउने उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘काठमाण्डौ महानगरपालिकाले मौलिकता गुमाएको छ । तर ती मौलिकतालाई पुनर्जीवित गर्न महानगरले विभिन्न प्रयास गरिरहेको छ । त्यो प्रयासमा हामीले आ–आफ्नो क्षेत्रबाट साथ पनि दिइरहेका छौँ । मौलिकता पुनर्जीवित गर्नका लागि म सकारात्मक छु ।’

    उहाँले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिङ्गो देशकै मौलिकतालाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend