सुकुम्वासी समस्या समाधान गर्न सबैकाे सहयाेग आवश्यक : मन्त्री चाैधरी

images
  • 80
    SHARES
  • मंसिर २९, २०७९ बिहीबार
    सुकुम्वासी समस्या समाधान गर्न सबैकाे सहयाेग आवश्यक : मन्त्री चाैधरी
    images

    काठमाण्डाै 

    सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाण्डाै उपत्यकाभित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ । काठमाण्डाै सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्वासी बस्तीको व्यवस्थापन कार्य चूनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चाैधरीले त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमत‍ि आवश्यक रहेकाे बताउनुभयाे । 

    २८ औँ महानगर दिवसको अवसरमा आज बिहीवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले काठमाण्डाैलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न याेजनाबद्ध कार्यहरू सञ्चालन गर्न ढिलाइ गर्न बताउनुभयाे । महानगरपालिकालाई बसाेबासयोग्य, प्रदूषणरहित वातावरणमैत्री बनाइ महानगरवासीकाे आधारभूत आवश्यकता परिपूर्ति गर्न महानगरकाले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहरमैलालगायतका समस्या समाधान गरि अघि बढ्न काठमाण्डाै महानगरपालिका सफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend