तनहुँ पृथ्वी राजमार्ग सडकखण्ड अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ अकलामा बिहीबार बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन ।
नारायणघाटबाट बाग्लुङ तर्फ जादै गरेको ग १ ख ५५२५ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा जादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ उक्त बस दुर्घटना हुँदा बसमा सवार यात्रुहरु मध्य चालक नर बहादुर लामा सहित सवार १८ जना घाइते भएका छन सबओ घाईतेहरुको जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए



