ठेकेदार सम्पर्कविहीन हुँदा मुख्य बजारकै सडक निर्माण कार्य अलपत्र

images
  • 85
    SHARES
  • पौष १, २०७९ शुक्रबार
    ठेकेदार सम्पर्कविहीन हुँदा मुख्य बजारकै सडक निर्माण कार्य अलपत्र
    images

    खोटाङ –

    खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्क बजारकाे सडकमा ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ । १६ असार २०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्स्ट्रक्सन विरेन्द्रनगर सम्पर्कविहीन बनेको हो ।

    करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताउनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याटसहित २३ लाख ९५ हजार ८१३ रुपैयाँमा केपी कन्स्ट्रक्सनले रोड र ड्रेनको अपग्रेडेसन तथा इम्प्रोभमेन्टको ठेक्का लिएको थियो ।

    केपी कन्स्ट्रक्सनले २७ फागुन २०७८ मा आरसिसि ढलानको ठेक्का सम्झौता गरेको थियो । माटो, सडक सोलिङ र ड्रेनको काम सकेपछि निर्माण व्यवसायीले बाँकी काम अलपत्र छाडेको इन्जिनियर मण्डलले बताउनुभयो । सडकमा रड राखेर ढलान गर्न मात्र बाँकी छ । तर निर्माण कम्पनीले हालसम्म कुनै पनि भुक्तानि लिएका छैनन् ।

    ऐसेलुखर्क बजार प्रवेश गर्ने ठाउँबाट बजार ढलानको काम सुरु गरिएको थियो । निर्माण व्यवसायीलाई पटक–पटक सम्पर्क गर्दा पनि ढाँट्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend