कोरोना मुक्त ः ८२ प्रतिशतले लगाए पूर्ण खोप मधेस प्रदेशमा

images
  • 159
    SHARES
  • बैशाख २३, २०७९ शुक्रबार
    कोरोना मुक्त  ः ८२ प्रतिशतले लगाए पूर्ण खोप मधेस प्रदेशमा
    images

    जनकपुर 

    मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो ।

    ccccnnn.jpg

    सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१ , सिरहामा १३५ , धनुषामा १३२ , पर्सामा १३२ , रौतहटमा १२९ , सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको  मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । 

    यस्तै प्रदेशमा करिब ८२ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढ्ेको निर्देशक झाले बताए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend