करिष्मा गुरुङ
देवघाट तनहुँ :२०७९ पुस १ गते
तनहुँको देवघाट गाउँपालिका सिटि हलमा आज "समुन्नत देवघाटको आधार: धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार" "सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरूद्वको अभियान" भन्ने मुल नारा सहित देवघाट गाउँपालिका स्तरीय महिला सञ्जालको साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रमलाई समुद् घाटन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकाको बिकास दिगो रुपमा अगाडी बढाउने बताउदै महिला दिदिबहिनीहरुलाई सूचना प्रविधि सम्बन्धि तालीम दिई सशक्तीकरण गर्ने बताउनुभयो।
साथै उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्न र व्यवसायीक बनाउन उद्यमी सिप तालीमलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राख्ने समेत बताउनुभयो।

सो साधारण सभा तथा प्रथम अधिवेशनले अध्यक्षमा राधदेवी खनाल,उपाध्यक्ष माया शर्मा,सचीवमा एलिजा अधिकारी क्षेत्री,सह-सचीवमा रेखा खनाल सहित १० जना सर्वसहमत चयन भएता पनि कोषाध्यक्ष पदमा सर्वसहमत हुन नसक्दा अधिवेशन पुष ९ गतेलाई सारिएको देवघाट गाउँपालिकाका बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्रा भट्टराईले जानकारी दिनुभयो।

कार्यक्रममा देवघाट ५ नम्बर वडा सदस्य सरस्वती परियार,नेपाली काङ्ग्रेस देवघाट उप-सभापति पुरुषोत्तम शर्मा पण्डित,नेकपा एमाले देवघाट अध्यक्ष केशव चन्द्र न्यौपाने,राप्रपा देवघाटका अध्यक्ष दिवाकर मिश्र,देवघाट ईलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायव निरीक्षक भेषराज रेग्मी,देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त लगाएको उपस्थिति रहेको थियो भने देवघाट महिला सञ्जालका अध्यक्ष सावित्री न्यौपानेको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियोे ।




