काठमाडौँ, पुस २
पत्रकारको काम जताले पाएको दुःखलाई समाचारका माध्यमबाट सम्बन्धित निकायको ध्यानाकर्षण गर्नु हो । तर, कहिलेकाँही पत्रकार आफै पनि समस्यामा पर्ने गरेका छन् । लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका पत्रकारले आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । ललितपुरको जावलाखेलबाट साझा सञ्चार मिडिया प्रालिको नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् ।
थापाले जावलाखेलबाट ३ वटा भन्दा बढि संस्था सञ्चालन गरेका छन् । जस्मा कृषि टेलिभिजन, कृषि सहकारी संस्था र कृषि फेसलगायत रहेका छन् । उक्त टेलिभिजनमा काम गर्ने कर्मचारी झापा, जाजरकोट, सुनसरि लगायतका क्षेत्रबाट आई कोठाभाडामा बसेर पत्रकारिता गर्दै आएका छन् ।



