जनतासँग गरेका वाचा पुरा गर्न गम्भीर भएर लाग्छु: नेता सिंह
57
SHARES
पौष २, २०७९ शनिबार
काठमाडौं, पुस २
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धताहरु पुरा गर्न गम्भीर भएर लाग्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित ४०० औँ हप्ता बुद्धनगर सरसफाइ अभियान तथा सम्मान कार्यक्रममा नेता सिंहले जनताहरूले आफूलाई विश्वास गरेर प्रतिनिधिसभामा पुनः निर्वाचित गरेको भन्दै जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्ने आत्मविश्वास आफूमा रहेको बताउनुभएको हो ।
नेता सिंहले आफू जनतासँगै बसेर समस्याहरू समाधान गर्न पछि नहट्ने धारणा पनि राखे । सरकारी तवरबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुनुपर्ने जनताको आवाजलाई आफूले महसुस गरेको र संसदबाट पनि जनताको आवाजलाई सरकारसमक्ष पुराउने उहाँले बताउनुभयो । ।