जुम्लाबाट समानुपातिकमा ३ सांसद

images
  • 71
    SHARES
  • पौष २, २०७९ शनिबार
    जुम्लाबाट समानुपातिकमा ३ सांसद
    images

    २ पुस, जुम्ला ।

    जुम्लाबाट प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ३ जना सांसद भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक जना महिलालाई सांसद निर्वाचित गरेका हुन् ।

    नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाका पूर्व नगरप्रमुख कान्तिका सेजुवाल समानुपातिक सांसद बनेकी छन् ।

    नेकपामा माओवादीका छिरिङ ल्यामु लामा तामाङ जनजाति र पिछडिएको क्षेत्रबाट सांसद निर्वाचित भइन् । लामा कर्णाली क्षेत्रमा मुगाली समुदायबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्ला चन्दननाथ नगरपालिका ५ निवासी विनिता कठायतलाई सामानुपातिक सांसद बनाएको छ । समानुपातिकबाट ३ जना सांसद बनेपछि जिल्लाबाट प्रतिनिधिसभामा ४ जना सांसद भएका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend