खाना पकाउने क्रममा जलेर दाङमा एक महिलाकाे ज्यान गयाे

images
  • 64
    SHARES
  • पौष २, २०७९ शनिबार
    खाना पकाउने क्रममा जलेर दाङमा एक महिलाकाे ज्यान गयाे
    images

    दाङ 

    दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर  एक महिलाको ज्यान  गएको छ । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षीया बसन्ती कुमालको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

    जलेर घाइते कुमालको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो  ज्यान गएको  प्रहरीले जनाएको  छ । शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तलको अधिकांश भाग जलेको थियो । घाइते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक  उपचार छि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend