संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई प्रधानमन्त्री देउवाको निर्देशन

images
  • 79
    SHARES
  • पौष २, २०७९ शनिबार
    संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई प्रधानमन्त्री देउवाको निर्देशन
    images

    काठमाण्डाै 

    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदलाई आज सरकारी निवास बालुवाटारमा बधाईसहित संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । नयाँ सरकार कांग्रेसकै नेतृत्वमा गठबन्धनसहित बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न चाहेको सभापति देउवाले स्पष्ट पार्नुभएको नेता कार्कीको भनाई छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका नेता कार्कीका अनुसार सत्तारुढ गठबन्धन दलको बैठक छिट्टै बस्ने तयारी छ । साथै यो बैठकमा सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend