माओवादी पदाधिकारी बैठक आज, यी हुन् एजेण्डा

images
  • 61
    SHARES
  • पौष ३, २०७९ आइतबार
    माओवादी पदाधिकारी बैठक आज, यी हुन् एजेण्डा
    images

    काठमाडौं

    नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा ९माओवादी केन्द्र०ले पदाधिकारी बैठक बोलाएको छ ।

     

    माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए ।

     

    माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend