कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

images
  • 87
    SHARES
  • पौष ३, २०७९ आइतबार
    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
    images

    ३ पुस, काठमाडौं

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बतायो ।

    कांग्रेसका एक नेताले आजको बैठकले संसदीय दलको चुनावको मिति तोक्नसक्ने बताए ।

    नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् ।

    प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेपछि देउवा दबावमा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend