३ पुस, तनहुँ
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोलाको पुल भाँसिदा अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
आइतबार बिहान १० बजेदेखि अवरुद्ध सडक साढे एक बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।
पृथ्वी राजमार्ग भएर सञ्चालन हुने केही सवारी साधनले वैकल्पिक मार्गको प्रयोग समेत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



