खिचरा महोत्सवमा जनजातिको भेषभूषामा आउनेलाई निःशुल्क प्रवेश 

images
  • 90
    SHARES
  • पौष ३, २०७९ आइतबार
    खिचरा महोत्सवमा जनजातिको भेषभूषामा आउनेलाई निःशुल्क प्रवेश 
    images

    खैरहनी

    थारू कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं.७ ले आयोजना गर्न लागेको आठौँ खिचरा महोत्सवमा आदिवासी जनजातिका भेषभूषामा उपस्थित हुने जो–कसैलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघको टोलीसँग भएको छलफलका क्रममा आदिवासी भेषभूषामा उपस्थित हुने जो–कसैलाई प्रवेश शुल्क नलिने खिचरा महोत्सवका संस्थापक एवम् प्रवक्ता नारायणप्रसाद महतोले जानकारी दिए । 

    320189399_1352296678935912_5398493335832608415_n.jpg

    आदिवासी जनजाति समुदायको भेषभूषालाई प्रवद्र्धन गर्ने उद्देश्यले भेषभूषामा सजिएर आउनेलाई प्रवेश निःशुल्क गर्ने योजना बनाएको उनको भनाइ छ । ‘जुनसुकै समुदायका महिला–पुरूषले आदिवासी जनजाति समुदायको भेषभूषा लगाए आएमा हामी प्रवेश शुल्क लिँदैनौँ,’ उनले भने, ‘किनकि यसले आदिवासी जनजाति समुदायलाई नै फाइदा हुने हो ।’ अन्य सर्वसाधारणको लागि भने रू.५० को शुल्क तोकिएको उनले बताए ।

    320605859_6200334053323884_1526762845204534125_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend