संसद् सचिवालयका महासचिवले पठाए सर्वोच्चमा जवाफ

images
  • 71
    SHARES
  • पौष ३, २०७९ आइतबार
    संसद् सचिवालयका महासचिवले पठाए सर्वोच्चमा जवाफ
    images

    काठमाडौं

    संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाएका छन् ।आइतबार संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदै महासचिव गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुने बताएका छन । 

     

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएपछि विवादमा परेका गौतमसँग सर्वोच्च अदालतको फुल कोर्ट (पूर्ण बैठक) र संवैधानिक इजलासले उक्त पत्र दिनुको कारणबारे जवाफ माग गरेका थिए ।

    संसद सचिवालय स्रोतका अनुसार गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उक्त प्रतिनिधिसभाको अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुने दावी गर्दै लिखित जवाफ पठाएका हुन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend