कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

images
  • 89
    SHARES
  • पौष ३, २०७९ आइतबार
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
    images

    काठमाडौं

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बतायो ।

     

    कांग्रेसका एक नेताले आजको बैठकले संसदीय दलको चुनावको मिति तोक्न सक्ने बताए । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, गगन थापालगायत आकांक्षाी छन् ।

     

    नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend