३ पुस, काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी फोरम बनाउने प्रस्ताव गरेका छन् ।
आइतबार बसेको पदाधिकारी बैठकमा उनले समाजवादतिर जान सहमत शक्तिहरुलाई एउटै ठाउँमा ल्याउन त्यस्तो फोरमको आवश्यकता भएको बताएका थिए ।
समाजवादी केन्द्र बनाउने भन्दै यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एकता संयोजन समिति बनाउने सहमति गरेका थिए । त्यस्तै नेपाल समाजवादी पार्टीले पनि समाजवादी केन्द्र बनाउन पार्टी एकता गर्ने सहमति गर्दै माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेको थियो ।
‘समाजवादी केन्द्रल बनाउने त माओवादी एजेन्डा नै हो’, शर्माले भने, ‘आवश्यक भएका र सहकार्य गर्न सकिने दलसँग सहकार्य गरेर जान सकिन्छ ।’



