संसदीय दलको नेता छनोट भएपछि मात्रै पावर सेयरिङ विषयमा छलफल गर्ने मा‌ओवादी केन्द्रको निर्णय

images
  • 72
    SHARES
  • पौष ३, २०७९ आइतबार
    संसदीय दलको नेता छनोट भएपछि मात्रै पावर सेयरिङ विषयमा छलफल गर्ने मा‌ओवादी केन्द्रको निर्णय
    images

    काठमाडौँ

    नेकपा माओवादी केन्द्रले गठबन्धन दलहरुको संसदीय दलको नेता छनोट भएपछि मात्रै पावर सेयरिङ विषयमा छलफल अघि बढाउने निर्णय गरेको छ । कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको पदाधिकारीहरुको बैठकले सरकारको नेतृत्वसहित पावर सेयरिङको विषयमा छलफल गर्ने निर्णय गरेको हो । 

     

    "अहिले गठबन्धन दलबीचमा भएको छलफलको प्रक्रिया भर्खर प्रारम्भ भएको हुँदा आ-आफ्नो दलका नेताहरु चयन भइसकेपछि गठबन्धन दलको बैठक बसेर कसरी सरकारमा सहभागिता हुने, संसदको नेतृत्व कसरी चयन गर्ने र समग्र देशको नेतृत्व कसरी तय गर्ने भन्ने विषयमा गठबन्धन दलमा छलफल हुन्छ," बैठकपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सञ्चारकर्मीहरुलाई भने ।

     

    शर्माकाअनुसार आइतबारको बैठकमा शपथग्रहण भए पनि संसदीय दलको नेता छान्ने र त्यसपछि नेतृत्वको बारेमा छलफल गर्ने निर्णय गरेको बताए । 'गठबन्धन दलहरुबीच भर्खर छलफल प्रारम्भ भएको हुँदा आ(आफ्नो दलको नेताहरु चयन भइसकेपछि अन्य विषयमा छलफल हुन्छ' शर्माले भने ।

     

    शनिबारमात्रै मा‌ओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरी शक्ति बाँडफाँटको विषयमा धारणा माग गरेका थिए ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend