चितवन, पुस ३
फेन्सी व्यवसायी संघ नारायणगढको साधारणसभा एवं अधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरु मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् ।
फेन्सी व्यवसायी संघका मतदाताहरुसँगको भेटघाटका क्रममा उनीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको शंकर प्रसाद घिमिरे बताउँछन् । उनको टिमको बरिष्ठ उपाध्यक्षमा पाण्डव ढकाल, उपाध्यक्षमा मिना बस्याल, सचिवमा टंकप्रसाद सापकोटा तथा कोषाध्यक्षमा रमेश गुप्ता रहेका छन् । त्यस्तै सदस्यहरुमा पन्चकुमार सापकोटा, सुरत मौलाना, विपिन अर्याल, विपिन रिजाल, पवित्रा पौडेल, मिनकुमार श्रेष्ठ, अमृत गैरे, दिपक पोखरेल, सन्तोष पोखरेल, दिनुराम सापकोटा, गोकुलमान श्रेष्ठ, संगीता उपाध्याय र राजु ज्ञवाली रहेका छन् ।



