४ पुस, काठमाडौं
नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ अनुसार सिमेन्ट, क्लिङ्कर लगायत बस्तु निर्यात गर्दा अनुदान दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ ।
नेपाल सरकारले कार्यविधि संशोधन गरेअनुसार सिमेन्ट, डन्डी लगायत वस्तु निर्यातमा दिइने अनुदानका लागि सम्बन्धित निकायलाई परिपत्र जारी गरेको छ ।
यसअघि कागजात पु¥याएर निवेदन स्वीकृत भएको सात दिनभित्र रकम प्राप्त गर्ने व्यवस्था रहेकोमा अब भने अनुदान पाउन १५ दिन लाग्ने भएको छ । अनुदान भुक्तानीको लागि नेपाल सरकारले राष्ट्र बैंकलाई रकम उपलब्ध गराउनेछ ।



