मधेश प्रदेशमा नयाँ सरकार गठनमा ढिलाई

images
  • 69
    SHARES
  • पौष ५, २०७९ मंगलबार
    मधेश प्रदेशमा नयाँ सरकार गठनमा ढिलाई
    images

    काठमाडौं 

    संघमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण र नयाँ सरकार गठनको प्रक्रिया समेत सुरू भएकाे छ । तर मधेश प्रदेशमा भने नयाँ सरकार गठनको प्रक्रिया सुरू नै हुन सकेकाे छैन । यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण उत्साह बढ्न नसकेको हो । प्रदेशसभा सचिवालय समेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गर्न सकेको छैन् ।

     

    प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेतृत्वसँग अनौपचारिक कुराकानी भइरहे पनि ठोस योजना बनिनसकेको मधेश प्रदेश सभा सचिवालयले जनाएकाे छ । अर्को हप्तासम्म सर्वदलीय बैठक बोलाउने तयारी गरे पनि दलहरूबाट प्रष्ट संकेत नआएकाले निष्कर्षमा पुग्न नसकेको हाे । प्रदेशको नेतृत्व केन्द्रीय सत्ता समीकरणको पर्खाइमा भएका कारण पनि ढिला भएका अनुमान गरीएको छ ।

     

    पार्टीहरूको संसदीय दल र नेतृत्व चयन समयमै भए सजिलो हुने सचिवालयले जनाएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend