शेखर काेइरालाद्वारा गगन थापालाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने प्रस्ताव

images
  • 76
    SHARES
  • पौष ५, २०७९ मंगलबार
    शेखर काेइरालाद्वारा गगन थापालाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने प्रस्ताव
    images

    काठमाण्डाै 

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नुभएको छ ।

    आज मङ्गलवार काठमाण्डाैकाे एक हाेटलमा आफू निकट सांसद र केन्द्रीय सदस्यको भेला राखेर कोइरालाले थापालाई प्रस्ताव गर्नुभएको हो । थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने हुनुभएकाे छ ।

    आउँदाे १५ औँ महाधिवेशनमा काेइरालालाई सर्वसम्मत सभापतिकाे उम्मेदवार बनाउने सर्तमा गगन थापालाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने निर्णय भएकाे हाे ।

    कांग्रेस संसदीय दलको चुनावका लागि आज दिउँसाे मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ । भाेलि बुधवार बिहान ८ बजेदेखि चुनाव हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend