काठमाडौं, पुस ५
नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ ।
महामन्त्री गगन थापाले पनि १५औं महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् । ‘१५औंमा शेखरलाई हाम्रो समूहको उम्मेदवार बनाउने प्रस्ताव गगनजीले नै गर्नुभयो,’ सांसद सुनिल शर्मा भन्छन्, ‘संसदीय दलमा गगन उठाउने र १५औं महाधिवेशनमा सभापतिमा हाम्रो समूहबाट शेखर उम्मेदवार बन्ने निर्णय ग¥यौं ।’ गत वर्ष मंसिरमा भएको १४औं महाधिवेशनमा पनि शेखर नै उम्मेदवार थिए, तर देउवासँग पराजित भए ।



