चितवन, पुस ५
भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थी माथि यौन दुर्ब्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले यौन दुव्र्यवहार भएको बारेमा जानकारी आएको बताएका हुन् । उनले घटनाको अनुसन्धानको लागि आफूहरु कलेजमा नै खटिरहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘घटनाको बारेमा अनुसन्धान चलिरहेको छ । विद्यार्थीहरु आन्दोलित भएका छन् ।’ विद्यार्थीहरुले कलेजको कक्षा ११ मा पढ्ने छात्राहरुमाथि शिक्षकद्वारा यौन दुव्र्यवहार भएको आरोप लगाएका छन् ।



