सर्लाहीकाे हरिपुरमा एक युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति

images
  • 76
    SHARES
  • पौष ५, २०७९ मंगलबार
    सर्लाहीकाे हरिपुरमा एक युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति
    images

    सर्लाही 

    सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका एक युवकले आफ्नै घरमा आगो लगाएका छन्  । आगलागीबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

    हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले गए राति आफ्नै घरमा आगो लगाएका हुन्  । 

    इँटा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिनुभयो ।

    आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट भएकाे छ ।  आगलगीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताउनुभयो । 

    स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगाे निभाइएकाे उहाँले बताउनु भयाे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend