नेपाल सुपर लिग फुटबलका लागि सम्झौता, ८ वर्षमा एन्फाले १७ करोड २१ लाख रुपैयाँ पाउने

images
  • 117
    SHARES
  • पौष ५, २०७९ मंगलबार
    नेपाल सुपर लिग फुटबलका लागि सम्झौता, ८ वर्षमा एन्फाले १७ करोड २१ लाख रुपैयाँ पाउने
    images

    काठमाण्डाै 

    नेपाल सुपर लिग (एनएसएल) फुटबल आयोजनाका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बीच आठ वर्षको सम्झौता भएको छ ।

    आज मङ्गलवार भएकाे सम्झाैताअनुसार नेपाल सुपर लिग खेलाउने एनएसईएमले आठ वर्षमा एन्फालाई १७ करोड २१ लाख रुपैयाँ उपलब्ध गराउने छ । आउँदो संस्करणका लागि आजै एनएसईएमकी अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फाका महासचिव किरण राईलाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

    नेपाल सुपर लिग फुटबलको पहिलो संस्करण सम्पन्न भए पनि विवादका कारण दोस्रो संस्करण सुरु हुन सकेको थिएन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend