कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

images
  • 69
    SHARES
  • पौष ६, २०७९ बुधबार
    कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी
    images

    काठमाण्डाै – 

    कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनु भएको छ । बिहान भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याउनुभयो भने महामन्त्री गगन थापाले २५ मत पाउनुभयो ।

     

    कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नुभएका देउवासँग थापाले पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा गर्नुभएको हो । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ ।

    वि स‍ २०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सार्नु भएको थियो ।  दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमै प्रधानमन्त्री बन्नुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend