माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड अस्पतालमा

images
  • 96
    SHARES
  • पौष ६, २०७९ बुधबार
    माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड अस्पतालमा
    images

    काठमाण्डाै 

    त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्नुभएकाे छ ।  

    आज बुधवार दिउँसाे देउवा र प्रचण्डले उपचाररत नेपाललाई भेट्नुभएकाे हाे । उहाँहरूले नेपालकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिँदै स्वास्थ्य लाभकाे कामना गर्नुभएकाे देउवाका प्रेस प्रमुख गाेविन्द परियारले जानकारी दिनुभयाे । 

    एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई रुघा खोकी, ज्वरो र छातीमा सङ्क्रमण देखिएपछि हिजाे मङ्गलवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend