सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन

images
  • 90
    SHARES
  • पौष ६, २०७९ बुधबार
    सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
    images

    काठमाण्डाै

    यातायात व्यवस्था विभागले सरकारी गाडीमा फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको छ । 

    आउँदो चैतदेखि इम्बोस्ड नम्बर जडान नगेरका सरकारी गाडी सडकमा देखिएमा ऐनअनुसार दुई हजार रुपैयाँ जरिबाना गरिने विभागले जनाएको छ । सरकारी गाडीले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक टोकराज पाण्डेले बताउनुभयो । 

    इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्यरूपमा कर तिरिसक्नुपर्छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने महानिर्देशक पाण्डेले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend