राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

images
  • 80
    SHARES
  • पौष ६, २०७९ बुधबार
    राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
    images

    ६ पुस, काठमाडौं 

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको छ ।

    भेटमा राजदूत थम्पसनले राप्रपा अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य निर्वाचित भएकामा र ४ मंसिरको निर्वाचनमा राप्रपाले सफलता पाएकामा बधाई दिएका थिए ।

    भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend