६ पुस, पर्सा
प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् र देवरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२७ जसौलीका ३४ वर्षीय कुसल दास र उनका भाई २८ वर्षीय भरत दास रहेका छन् ।
कुसलले मंगलबार मध्यराति श्रीमती ३० वर्षीया रिंकु कुमारीलाई करेन्ट लगाएर मारेको र पछि भाई भरतलाई बोलाएर कुखुराको चल्ला बोक्ने गाडीले कुल्चिएर शिवम ह्याचरीभित्र लुकाएको प्रहरीको आरोप छ ।



