चितवन, पुस ७
१४औँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आगामी पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सवमा ‘मेड इन नेपाल’ मुख्य आकर्षणको रुपमा रहने छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले पनि ‘मेड इन नेपाल’ एक्स्पो चितवन महोत्सवकै आकर्षण बन्ने बताए । युवा उद्यमीहरुले नेपालमा उत्पादित वस्तुको प्रबद्र्धन गर्न लागेकाले भन्दै उलने संघको उद्धेश्य नै स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नु रहेको बताए ।



