कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङ्देन

images
  • 70
    SHARES
  • पौष ७, २०७९ बिहीबार
    कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङ्देन
    images

    ७ पुस, काठमाडौं ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् ।

    प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’
    यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए ।

    राप्रपा सरकारमा जान्छ कि जाँदैन भन्ने प्रश्नमा उनले आवश्यक प¥यो भने छलफल गर्ने बताए । तर अकारण सरकारमा नजाने उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend