७ पुस, जनकपुरधाम
नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेताको चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।
बिहीबार जनकपुरमा बसेको कांग्रेस मधेश प्रदेश समितिको बैठकले दलको नेता चयन गर्न प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यद्वयमा महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दु कुमारी यादव रहेको कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
दलको नेताको लागि कांग्रेसका प्रदेशसभापति समेत रहेका प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव, निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह र जनार्दन क्षेत्री दाबेदार छन् ।
मधेश प्रदेश अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसदहरुलाई कार्यक्रम आयोजन गरी सम्मान गर्ने लगायतको पाँचवटा निर्णय गरेको जनाएको छ ।



