सातादेखि टेलिफोनविहीन हिमा गाउँपालिकामा

images
  • 133
    SHARES
  • बैशाख २४, २०७९ शनिबार
    सातादेखि टेलिफोनविहीन हिमा गाउँपालिकामा
    images

    जुम्ला 

    जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेका छ । टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमासमेत समस्या आएको जनाइएको छ । 

    oooaoaa.jpg

    टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले टेलिफोनविहीन अवस्था भएको हो । कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले भने, “टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौँबाट मगाइएको छ, आइपुगेपछि टेलिफोन सञ्चालनमा ल्याइनेछ ।”

    टेलिफोन बिग्रिएको खबर पाएपछि नेपाल टेलिकमको प्राविधिक टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको थियो । निर्वाचनका समयमा टेलिफोनमा अवरुद्ध आएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलका स्थानीय नेता तथा उम्मेदवारले गुनासो गरिरहेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend