छोरा रेशम चौधरीले खोलेको पार्टीमा पसे सांसद लालवीर

images
  • 120
    SHARES
  • पौष ८, २०७९ शुक्रबार
    छोरा रेशम चौधरीले खोलेको पार्टीमा पसे सांसद लालवीर
    images

    ८ पुस, काठमाडौं

    बर्दिया-२ बाट स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

    छोरा रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीमा शुक्रबार स्वतन्त्र सांसद लालवीर चौधरी औपचारिक रुपमा प्रवेश गरेका हुन् ।

    लालबीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएका थिए ।

    लालबीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता रेशककी श्रीमती हुन् ।

    गत मंसिर ४ गते सम्पन्‍न प्रतिनिधिसभाको चुनावमा बर्दिया-२ बाट २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका थिए ।

    लालवीरले सत्ता गठबन्धनका उम्‍मेदवार सुरेश पन्थ र एमाले गठबन्धनका उम्‍मेदवार पंकजसिंह राठौंरलाई पराजित गरेका थिए ।

    योसँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा ४ सिट पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend