गठबन्धन नटुटेसम्म एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी हुँदैन : ईश्वर पोखरेल

images
  • 69
    SHARES
  • पौष ९, २०७९ शनिबार
    गठबन्धन नटुटेसम्म एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी हुँदैन : ईश्वर पोखरेल
    images

    धनकुटा 

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन नटुटेसम्म नेकपा एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी नहुने बताउनु भएकाे छ ।

    आज शनिवार प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेकाे गठबन्धन लोकतन्त्र, देशको हितमा नरहेकाले एमाले सरकारी बनाउने खेलमा नरहेको बताउनु भएकाे हाे । 

    पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका उहाँले भर्खरै सम्पन्न चुनावमा नागरिकले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताउनु भयाे ।

    गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उहाँले बताउनु भयाे । नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नं. प्रदेश समितिले आफ्नो ३५औं स्थापना दिवसको अवसरमा शहीदभूमि गाउँपालिकाको शहीदपार्कमा आयाेजना गरेकाे शहीद परिवारलाई सम्मान कार्यक्रममा पोखरेलले सम्बाेधन गर्ने कार्यक्रम रहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend