नयाँ विद्यार्थीलाई भरतपुरमा स्वागत

images
  • 108
    SHARES
  • पौष ९, २०७९ शनिबार
    नयाँ विद्यार्थीलाई भरतपुरमा स्वागत
    images

    भरतपुर

    नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति चितवनले शनिबार चितवन जिल्लाका विभिन्न कलेजमा अध्ययनरत नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । तमू ल्होसार २०७९ को अवसरमा शुभकामना आदानप्रदानसँगै नयाँ विद्यार्थीलाई संस्थामा स्वागत गरिएको छोँज धीँका अध्यक्ष सुमित गुरूङले जानकारी दिए । तमू विद्यार्थीले हरेक वर्ष नयाँ विद्यार्थीलाई यसरी नै स्वागत गर्दै संस्थामा प्रवेश गराउँदै आएको छ ।

    321522719_1350418669065746_5704760742387583574_n.jpg

    विद्यार्थीहरूको यस्तो कृयाकलापले समग्रमा चितवनका तमू समुदायलाई क्रियाशील बनाउनमा ठूलो मद्दत पुगेको कार्यक्रमका प्रमुख अतिथि तमू ह्युल छोँज धीँ बागमती प्रदेशका अध्यक्ष गणेशबहादुर गुरूङले बताए । ‘हाम्रो लागि विद्यार्थी भनेकै मेरूदण्ड हो,’ उनले भने, ‘त्यसैले विद्यार्थी बिना ह्युल छोँज धीँ चल्न सक्दैन ।’

     

    कार्यक्रममा तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङ, बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकास गुरूङ, भरतपुर तमू नगर गुठीका अध्यक्ष पूर्णबहादुर गुरूङ, ह्युल छोँज धीँका सल्लाहकारहरू देवेन्द्र गुरूङ, गजबहादुर गुरूङलगायतले शुभकामना व्यक्त गरेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend