रत्ननगरमा मनाइयो तमू ल्होसार

images
  • 79
    SHARES
  • पौष ९, २०७९ शनिबार
    रत्ननगरमा मनाइयो तमू ल्होसार
    images

    रत्ननगर 

    तमू ह्युल छोँज धीँ रत्ननगर नगर समितिले शनिबार तमू ल्होसार पर्व मनाएको छ । रत्ननगर–१४ डुम्रीचोकस्थित पिठुवा टाँडी तमू समाज भवनमा भव्य कार्यक्रम आयोजना गरेर ल्होसार पर्व मनाएको हो । विशेष गरी पुस १५ गते तमू ल्होसार परे पनि त्यतिखेर सबैले आ–आफ्नो टोल तथा इकाइहरूमा मनाउने हुँदा नगर समितिले शनिबार नै ल्होसार मनाएको तमू ह्युल छोँज धीँ रत्ननगर नगर समितिका अध्यक्ष ऋणिराम गुरूङले जानकारी दिए ।

    321480319_833502597762943_3201052824454744576_n.jpg

    गतवर्ष मात्रै गठन भएको नगर समितिले तमूस्यो ह्युल छोँज धीँ, रत्ननगर नगर समितिसँगको सहकार्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाद्वारा तमू समुदायबाट निर्वाचित जनप्रतिनिधि तथा विभिन्न पदमा कार्यभार सम्हाल्दै गरेका तमूहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

    कार्यक्रममा बोल्दै मेयर सापकोटाले नेपालको हरेक जाति र उसले अपनाउँदै आएको धर्म संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नको लागि तीनै तहको सरकार गम्भीर हुनुपर्ने बताए । ‘स्थानीय तहबाट हामीले के गर्नुपर्छ, हामी तयार छौँ,’ उनले भने, ‘मुलुकमा फरक जाति, फरक भाषा, फरक संस्कृति र फरक भेषभूषा भएकै कारण नेपाललाई संस्कृतिको मुलुक भनिएको छ । त्यसैले यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’

    तर, संस्कृति संरक्षण गर्नको लागि चुनौती थपिँदै आएको हुँदा ती चुनौतीलाई पार गर्नको लागि सबै एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा तमू ह्युल छोँज धी चितवनका सचिव किशोर गुरूङ, तमूस्यो ह्युल छोँज धीँ चितवनकी सचिव सीतादेवी तमूस्यो, तमूस्यो ह्युल छोँज धीँ भरतपुर महानगर अध्यक्ष मञ्जु गुरूङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend