कोरोनाको जोखिम बढेको भन्दै सतर्कता अपनाउन गृहको आग्रह

images
  • 111
    SHARES
  • पौष ९, २०७९ शनिबार
    कोरोनाको जोखिम बढेको भन्दै सतर्कता अपनाउन गृहको आग्रह
    images

    काठमाडौं

    गृह मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण नेपालमा कम भए पनि छिमेकी राष्ट्रलगायतका केही देशमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन अनुरोध गरेको छ । 

     

    मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

     

    मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend