रास्वपालाई समेट्दै गठबन्धनलाई पनि कायम राखौंः महामन्त्री विश्वप्रकाश

images
  • 71
    SHARES
  • पौष १०, २०७९ आइतबार
    रास्वपालाई समेट्दै गठबन्धनलाई पनि कायम राखौंः महामन्त्री विश्वप्रकाश
    images

    काठमाडौं, पुस १०

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायमै राख्नुपर्ने बताएका छन् ।

     
    सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै उनले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि समेट्नुपर्ने धारणा राखेका छन् । उनले ट्वीट गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend