१० पुस, काठमाडौं
नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सांसदद्धय गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन आग्रह गर्दै प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आग्रह गरेको छ ।
एमाले सांसद कोइरीविरुद्ध हत्या आरोपको मुद्दा अदालतमा विचारधीन छ । गुरुङविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर मुद्दा विचाराधीन छ ।



