बालकोट बैठकबारे बालेन्द्र शाहको प्रश्न– देश व्यापार हो ? खेल हो ?

images
  • 74
    SHARES
  • पौष १०, २०७९ आइतबार
    बालकोट बैठकबारे बालेन्द्र शाहको प्रश्न– देश व्यापार हो ? खेल हो ?
    images

    काठमाण्डाै 

    नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको विषयमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गर्नुभएको छ ।

    नयाँ सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बालकाेटमा छलफल भइरहेको छ । यसै प्रसङ्गलाई लिएर बालेन्द्रले देश के हो ? व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गर्नुभएको हो ।

    हिजो शनिवार मेयर शाहले यस्तो कविता लेख्नुभएको थियो–

    नयाँ सांसदहरू
    नयाँ गफाडीहरू
    उही पुरानो देश 
    उही पुराना व्यापारीहरू ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend